
काठमाडौँ, १३ बैशाख । साताको पहिलो कारोबारबाट निरासाजनक संकेत गरेको नेपाली सेयर बजारमा दोस्रो दिन पनि उत्साह जगाउन सकेन ।
प्रि ओपन सेसनमै नेप्से परिसूचक ०।७० अंकले घटेको बजारमा दुई घन्टा पछि अर्थात १ बजेपछि पनि घट्दो क्रम जारी रह्यो ।
उक्त समयमा नेप्से २१।४३ अंकले घटेर २५५०।७७ विन्दुमा पुगेको छ । मार्केट सेन्सिटिभ इन्डेक्स १।०१ अंकले घटेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार ७५।८१ अंक घटेर नेप्से २५७२।२० विन्दुमा पुगेर बन्द भएको थियो ।
मुलुकका अधिकांश ठाउँमा लकडाउनका कारण पनि सेयर बजारमा प्रभाव परेको छ । काठमाडौं उपत्यकासहितका प्रमुख सहरमा पनि लकडान हुन सक्ने भएकाले त्यसको असर कारोबारमा परेको देखिन्छ ।