चितवन, १६ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा आज एक भाले गैँडा मृतावस्थामा भेटिएको छ ।
निकुञ्जको बुढी राप्ती क्षेत्रमा अन्दाजी ३० वर्षको गैँडा मृत भेटिएको हो । उक्त गैँडाको खुर, खाग सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् ।
यससँगै चालु आर्थिक वर्षमा ३१ गैँडा मरेका छन् । जसमध्ये चार चोरी सिकारीले र २७ वटा प्राकृतिक कारणले मरेका हुन् ।रासस