उड्ने र गुड्ने बीचको विभेद मान्ने छैन् ; यातायात व्यवसायी राष्ट्रिय महासंघ

दियोपोस्ट संवाददाता

काठमाडौं, १६ बैशाख । निषेधाज्ञाको पहिलो दिन झण्डै डेढ लाख सार्वजनिक सवारी साधन प्रभावित परेका छन् ।

काठमाडौं लगाएत मुलुकका अन्न मुख्य मुख्य सहरमा निषेधाज्ञा लागु गरे संगै सार्वजनिक साधनहरु प्रभावित हुन पुगेका हुन् ।

नेपाल सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निषेधाज्ञाका कारण मुलुक भरबाट झण्डै डेढ लाख कालो नम्बर प्लेट धारी सार्वजनिक यातायातहरू प्रभावित भएका छन् ।

जसका कारण लाखौं मजदुरसहित प्रत्यक्ष तथा परोक्षरुपमा ४ लाख घर परिवार समेत प्रभावित हुनपुगेको महासंघको भनाइ छ ।

निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधनहरु बन्द भइरहँदा हवाई सेवाहरु भने सञ्चालनमा आईरहका छन् ।

त्यसो त बुधबार मात्र अधिकतम १४८ फ्लाइट मार्फत झण्डै १७ हजार यात्रुले यात्रा गरेको त्रिभूवन विमानस्थल (टीआईए) ले जनाएको छ ।

सार्वजनिक यातायातका साधनहरुलाई बन्द गर्ने र हवाई यातायातलाई भने खुल्ला राख्ने नीति लिएसँगै व्यवसायीहरु आक्रोशित भएका छन् ।

उड्ने र गुड्ने बीच विभेद गरिएको भन्दै यातायात व्यवसायीहरुले यस्तो विभेदकारी नीतिको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

‘सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना लाग्ने तर हवाई यातायातमा यात्रा गर्दा चाहिँ कोरोना नलाग्ने भन्दै यातायात व्यवसायीहरु आक्रोशित बनेका छन् ।

यदि सरकार उड्ने र गुड्ने बीच बिभेद कायम नै राख्छ भने निषेधाज्ञाकै बीच विद्रोह गर्नुको अर्को विकल्प नरहेको स्रोतले जनाएको छ ।