सांसद निष्काशन अवैध भएको भन्दै अध्यक्ष ठाकुरद्वारा निर्वाचन आयोगलाई पत्र

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ वैशाख। लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टीका चारजना सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

प्रदेश निर्वाचन आयोग बुटवललाई पत्र लेख्दै अध्यक्ष ठाकुरले २०७७ पुस ७ गतेपछि जसपाको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् ।

पत्रमा लेखिएको छ , ‘‘अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ’ ।