बीरगन्जमा समातियो मदन गुप्ताले तस्करी गरेर ल्याएको ट्रक : छुटाउन चलखेल !

diyopost.com
दियो पोस्ट  शुक्रबार, चैत्र १८, २०७८ | १७:०९:१३

काठमाडौं । काठमाडौं । वीरगन्ज नाका हुँदै नेपालका विभिन्न क्षेत्रमा तस्करी धन्दा चलाउँदै आएका रुन्चे भनिने मदन गुप्ताले नेपाल भित्र्याएको करोडौंको भन्सार छलीको सामग्री नियन्त्रणमा लिइएको छ ।

पर्सा प्रहरीले भन्सार छलीको कपडा लगायत बस्तुसहित नियन्त्रणमा लिएको ट्रक पथलैया स्थित राजश्व अनुसन्धान विभागमा पठाएको छ । विभागका प्रमुख नारायण प्रसाद मैनालीका अनुसार गाडीमा रहेको सामानका धनी अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् ।

उक्त ट्रकमा हार्डवेयर, लत्ताकपडा, कस्मेटिक लगायतको मालसामान रहेको जनाइएको छ । प्रज्ञापनपत्र बिनाको हार्डवेर, लत्ताकपडा, कस्मेटिक लगायत माल सामान बोकेर काठमाडौं आउँदै गरेको ना ६ ख ६०३ नम्बरको ट्रकलाई प्रहरी वीरगन्ज महानगरपालिका वडा नम्बर ८ बाट नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकमा एक करोड २० लाख मुल्य बराबरको सामग्री रहेको प्रहरीले जनाएको छ ।

रुन्चे भनेर चिनिने मदनले प्रहरी, राजश्व र भन्सारको सेटिङमा तस्करी गर्दै आएका छन् । स्रोतका अनुसार गुप्ताले उक्त सामान छुटाउन विभिन्न शक्ति केन्द्र गुहारेका छन् ।

सम्बन्धित खबर