काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले चेक बाउन्स मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम जिल्ला साबिक सन्दकपुर गाउँपालिका वडा नम्बर ४ घर भएका हाल काठमाडौंको तारकेश्वर बस्दै आएका डाकमान तामाङ रहेका छन् ।
उनले एक व्यक्तिलाई प्रभु बैंकको चेक दिएका थिए । १५ लाख रुपैयाँको चेक नसाटिएपछि पीडितले चेकबाउन्स मुद्दा दायर गरेका थिए ।
उच्च अदालत पाटनले उनलाई १५ लाख रुपैयाँ विगो जरिवानासहित ३ दिन कैद सजाय तोकेको थियो ।
ब्यरोले उनलाई बौद्धबाट पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंलाई बुझाईएको एसपी श्याम कुमार महतोले जानकारी दिए ।