
काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि नेपालमात्र नभई विदेशी दबाबले अनुसन्धान अघि बढेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा उनले आरोप लागेका व्यक्तिहरुले नै विदेशी दबाब दिएको बताएको भन्दै नेपालले मात्र गरेको कल्पना गर्न नसकिने टिप्पणी गरेका छन्।
‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र संभवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाण पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनैपर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीकाविरूद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन’ उनले लेखेका छन्।
यस्तै उनले अहिले भइरहेको छानबिनबारे सबै उत्साहित भइरहेको बेला द्रुत गतिमा भइरेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो? भन्दै प्रश्न गरेका छन्।