काठमाडौं । सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्र रहेको अपराधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ ।
झापा बाह्रदशी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक गरी ९५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग काठमाडौंबाट पत्राचार भएपछि अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले उनलाई सिनांगलबाट पक्राउ गरिएको छ ।
पक्राउ परेका निरौलालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।