काठमाडौं । भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आमचोक गाउँपालिका–४ सिपाक बस्ने २४ वर्षीय शुक्र बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरीको टालीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।