६७ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा ३ जना पक्राउ

दियो पोस्ट  

कैलाली । जुवातास खेलिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ बसन्तटोल बस्ने डबल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय जनक देउवासहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको अधारनमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद ६७ हजार ९ सय ७५ रूपैयाँ र १ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।