छुट्टैछ्ट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–६ चिसापानीस्थित सडकमा रा.१ ख २७३४ नम्बरको टिपरले बा.३४ प १००७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने रसुवा नौकुण्ठ गाउँपालिका–२ घर भएका ३४ वर्षीय पासाङ लोप्चन तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका–१४ स्थित सडकमा रा.१ ख १२०१ नम्बरको बसले रा.३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पा रुन्टिगढी गाउँपालिका–३ बस्ने २१ वर्षीय चन्द्र बहादुर नेपाली रहेका छन् । दुघर्टनाबाट गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रोल्पाको लुङग्री गाउँपालिका–५ मछेरीस्थित सडकमा रा.१ त ३८८१ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १३ वर्षीय खेमराज रोका रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई सोही स्वास्थ्य केन्द्र हुँदै थप उपचारको लागि बुटवलतर्फ लगिएको छ ।