
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहिद पाँच जना पक्राउ परेका छन् । चितवनको राप्ती नगरपालिका–११ चिउरीटारबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित एक जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका बरिनटार बस्ने ६२ वर्षीय मान बहादुर तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित एक जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय बिक्रम देउवा रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
साथै कपिलवस्तुको मायादेबी गाउँपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्रामसहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका–८ बस्ने २६ वर्षीय कृष्ण भण्डारी र सोही नगरपालिका–४ सिदिपुर बस्ने १९ वर्षीय मोहित चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.३० प १८७० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कपिलवस्तु नगरपालिका–७ धरमपानिया बस्ने २४ वर्षीय सोनु खठिकबाट किनेर ल्याएको खुल्नआएपछी सोनुको घरबाट २ ग्राम ७ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २४ हजार २ सय ५० रूपैयाँ फेला पारी सोनुसमेतलाई प्रहरीलको टोलीले पक्राउ गरेको छ ।
यसैगरी धनकुटाको नगरपालिका–९ सिरसिरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय केजी शुक्रबार बिहान प्रहरीले बरामद गरिएको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीलको टोलीले मुलघाटस्थित सडक धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ३१६७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामत गरेको छ । प्रहरी अनुसन्धान भइरहेको थाहा हुनासाथ ट्रकका चालकले सिरसिरे भन्ने स्थानमा ट्रक छाडी फरार भएका छन् । हाल फरार चालकलाई प्रहरीले खाजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।