
दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ गोथ्रवाबाट ग्वारखोला तर्फ जाँदै गरेको रा.१ त ४८९८ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १४ वर्षीय बिनोद चौधरी रहेका छन् । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यकअनुसन्धान गरिरहेको छ ।