८ लाख नगदसहित जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिक–३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय मुकेश राज गिरीसमेत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद ८ लाख १० हजार ४ सय रूपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।