श्रीमान द्वारा श्रीमतीको हत्या

दियो पोस्ट  

काठमाडौं । आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । अटोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पाले आफ्नै श्रीमती ५० वर्षीया मोतीमाया पौडेलको हत्या गरेको छ । उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै–झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको हो । खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।