दाङमा ५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । दाङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । लमही नगरपालिका–८ सतबरिया संघर्ष टोल बस्ने ५० वर्षीय जनकु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकुले ती बालिकालाई गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीको टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।