कैदीको भेषमा कागजको हतकडीसहित नेविसंघ सडकमा

दियोपोस्ट संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क जमल हुँदै परिक्रमा गरको थियो ।

उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई किन निलम्बन नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न सोधिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सेतो लुगामा कागजको हतकडी लगाएर प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले दाजुभाउजुमात्रै नभई भ्रष्टाचारमा मुछिए आफ्नै आमाबुवालाई समेत नछाड्ने सन्देश दिएका छन् ।

सम्बन्धित खबर

सिफारिस