काठमाडौं । चितवनमा एक जना बालकको नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाका महानगरपालिका–४ यज्ञपुरी बस्ने होम बहादुर खत्रीको छोरा १२ वर्षीय आशिष खत्रीको सोही महानगरपालिका–३ मुनलाइट बोर्डिङ स्कूल पछाडिको नारायणी नदीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनलाई सरकारी अस्पताल भरतपुर पठाइएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।