८६ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बस्ने ज्ञानहरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखा बिगु गाउँपालिका–३ घर भएका ५० वर्षीय निमा शेर्पासमेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद ८६ हजार ३ सय ५० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।