विभिन्न हातहितयारसहित एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न हातहतियारसहित एक जना पक्राउ परेका छन् । महोत्तरीको एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोल १ थान र सोको गोली ५ राउण्डसहित एक जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामडी बाजोपट्टी गाउँ–६ बस्ने २६ वर्षीय पप्पु यादव रहका छन्। प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० वाई ९१४२ नम्बरको
मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

रूकुम(पूर्व)को सिस्ने गाउँपालिका–८ भूरुङ्गास्थित सामुदायिक जंगलबाट ४ थान भरूवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीलको टोलीले उक्त जंगलको खाल्डोमा सेउलाले छोपी वेवारिसे अवस्थामा रहेको बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।