काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–६ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–१५ भिष्वा पोखरीबाट नियन्त्रति लागूऔषध डाईजेपाम २ सय ४० एम्पुल, फेनारगन २ सय ४० एम्पुल र नुर्फिन २ सय ४० एम्पुलसहित एक जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–१ बस्ने २६ वर्षीय अनिल विक रहेका छन् । प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीलको टोलीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
साथै मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतबाट अवैध लागूऔषध गाँजा करिब ७८ केजीसहित एक जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम कुमार राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले रानाकै घरमा तलासी गर्दा ६ वटा बोरामा लुकाई राखेको उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।