पोखरीमा डुबेर एक जना बालकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । सर्लाहीका एक जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाका बिष्णु गाउँपालिका–५ बस्ने जितेन्द्र रायको छोरा १४ वर्षीय अनिष राय यादवको पोखरीमा डुबेर मृत्यु भएको छ ।
भारतको बिहार सितामढी ग्राम पंचायत बगहा–२ मामा घर गएका उनको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु आइतबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस