कतार पठाइदिन्छु भन्दै ६९ लाख रकम ठगी, एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्र रहेका अपराधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१० थापागाउँ बस्ने ४९ वर्षीय रूद्र बहादुर लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लिम्बु समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार पुलिसमा १ लाख रुपैयाँ भन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक गरी ६९ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले उनलाई धुम्बराहीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।