भरूवा बन्दुकसहित एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर थाहा नगरपालिका–१२ तल्लो बसन्तबाट एकनाले भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५५ वर्षीय बुद्धेराम थिङका छन् । उनले आफ्नै घरमा अवैध बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीको टोलीले घर तलासी गर्दा घरको गारोमा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।