मोटरसाइकल चोरीको आरोपमा पाँच जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । मोरङको विभिन्न स्थानबाट मोटरसाइकल चोरीको आरोपमा ५ जना पक्राउ परेका छन् । को.३० प ७६९२, को.२५ प १३२६ र को.३७ प.१३२३ नम्बरको मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–६ बस्ने १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका–५ बस्ने २० वर्षीय दिपेश कुमार सरदार, सोही गाउँपालिका–६ बस्ने २१ वर्षीय विजय सहनी, २५ वर्षीय जितेन कुमार राय र बिराटनगर महानगरपालिका–८ बस्ने २० वर्षीय रोहित चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि जिल्ला अदालत मोरङबाट चोरीको कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।