काठमाडौं । काठमाडौंमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने चितवन घर भएका २५ वर्षीय रोहन खड्का रहेका छन् । मोबाइल चार्जमा लगाएर मोबाईल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि शखंरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा आइतबार राति बाटैमा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।