काठमाडौं । गोरखामा जिप दुघर्टना हुँदा एक जनाको मृत्यु र ५ जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–६ घौचुरस्थित सडकमा बा.०१ ०२५ च ६२०४ नम्बरको जिप सडकबाट करिब ७० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७८ वर्षीया कीर मायाँ आले रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुघर्टनामा परेका अन्य ५ जना घाइतेको सिएमसी अस्पताल भरतपुर चितनवमा उपचार भइरहेको छ ।
प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।