साग टिप्न जाँदा नारायणीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

दियो पोस्ट

काठमाडौं । नवलपरासी (पूर्व)मा २ जनाको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका–२ कोलुहवा बस्ने वर्ष ५५ वर्षीय सोम बहादुर बोटे र निजकी श्रीमती ५० वर्षीया बगरी बोटेको सोही गाउँपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मृत्यु भएको हो । न्यूरोको साग टिप्नको लागि नदी तर्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व) र प्रहरी चौकी कोलुहवाबाट खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उक्त स्थानमा दुवै जनाको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस