नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरको बयान जारी

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीको बयान जारी छ।

अहिले सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको स्रोतले बतायो ।

उनलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको थियो।

सोमबार जिल्ला अदालत काठमाडौंबाट तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसलगत्तै उनलाई सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइएको हो।

यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान लिइएको थियो। खाणसँग मंगलबार पुनः बयान लिइने भएको हो।