रोमानिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । रोमानिय पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् । विकले ८ जनालाई रामानिया पठाई राम्रो कम्पनीमा १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै पटकपटक गरी १८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको हो ।
उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।