छ्ट्टाछुट्टै सवारी दुघर्टनामा २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुघर्टना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्लाको महानगरपालिका–४ सुकेधारास्थित सडकमा प्रदेश ३–०१–०२४ च ७४६५ नम्बरको भ्यानको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल वतन नखुलेकी ६८ वर्षीया फुलमाया गरकोटी रहेकी छन्। ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैयरी धनुषाको मुखियापट्टी–मुसहरनिया गाउँपालिका–३ वंसी पोखरीस्थित सडकमा ज.१ त ६६९२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसेर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २० वर्षीय सितेश महतो रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।