५२ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–२ घर भएका २५ वर्षीय राम बहादुर सिजालीसहित ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद ५२ हजार ५ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।