छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा २ जना बालकको मृत्यु भएको छ । महोत्तरीमा एक जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सोनमा गाउँपालिका–७ जानकीनगर बस्ने उपेन्द्र सदाको छोरा ५ वर्षीय आशिक सदाको खेल्ने क्रममा सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।
यसैगरी पाल्पाको माथागढी गाउँपालिका–३ अगेनी डेरा गरी बस्ने तिनाउ गाउँपालिका–५ बिसुनडाँडा घर भएका १५ वर्षीय योगेश सुनारीको सोही ठाउँस्थित तिनाउ खोलामा डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुबिनी मेडिकल कलेजमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस