छुट्टाछुट्टै ठाउँबाट लावारिस अवस्थामा ५ जनाको शव फेला

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न स्थानबाट मृत अवस्थामा ५ जनाको शव फेला परेको छ । सर्लाहीको गोडैता नगरपालिका–६ स्थित बागदह चिनी मिल नजिकै रहेको उखुबारीमा एक जनाको बिहीबार मृत अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा बलरा नगरपालिका–९ बस्ने २९ वर्षीय अशोक महतो रहेका छन् ।

यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका–५ आँधी दोभानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको बिहीबार मृत अवस्थामा शव फेला परेको छ ।

साथै मोरङको विराटनगर महानगरपालिका–१५ राम जानकी मन्दिर नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको बिहीबार मृत अवस्थामा शव फेला परेको छ ।

यसैगरी बाँकेको खजुरा गाउँपालिका–१ जलपोखरी किरण नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको बिहीबार मृत अवस्थामा शव फेला परेको छ ।

यसैगरी महोत्तरीको गौशाला नगरपालिका–२ निगौल चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको बिहीबार मृत अवस्थामा शव फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस