अवैध लागूऔषधसहित एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० लेखनाथ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–२ बस्ने ३३ वर्षीय प्रकाश राजबंशी रहेका छन् । सोही स्थानबाट खटिएको प्रहरीलको टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारी शुक्रबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।