ट्याक्टर दुघर्टना हुँदा पैदलयात्रुको मृत्यु

दियो पोस्ट  

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका–८ बिष्णुधारास्थित सडकमा को.२ त ३२१६ नम्बरको ट्याक्टरको ठक्करबाट दुघर्टना हुँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ ढोलबाजे बस्ने ६३ वर्षीय यज्ञ बहादुर तामाङ रहेका छन् । दुघर्टनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।