सुर्खेतमा एक जना बालकको खोलामा डुबेर मृत्यु

दियो पोस्ट  

काठमाडौं । सुर्खेतका एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ बस्ने अम्मर बुढाको छोरा १० वर्षीय बिशाल बुढाको शुक्रबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका–९ स्थित खोर्के खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।