विभिन्न प्रलोभनमा पारी करोडौं ठगी, एकजना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न लोभलालच देखाई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भएका ४३ वर्षीय कृष्ण मुरारी गुरूङ रहेका छन् ।
गुरूङले विभिन्न मिति र समयमा विशेष अदालतबाट आफ्नो सम्पत्तिहरू रोक्का भएको तथा मुद्दा परेकोले मुद्दा मिलाउन र आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै ठगी गरेका छन् । एक जना पीडितबाट ७ करोड ७५ लाख रूपैयाँ तथा २० तोला सुन र अर्का एक जना पीडितबाट ३० लाख रूपैयाँ ठगी गरेका छन् । साथै गुरूङले आफूसँग रहेको गाडी बैंकमा धितो राखेको भन्दै अर्की एक महिलासँग २० लाख रुपैयाँ ठगी गरेका छन् । बैंकको ऋण तिरेपछि उक्त गाडी महिलाको  नाममा पास गरिदिने विश्वासमा पारी ठगी गरी फरार भएका हुन् । उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको छ ।
उनीमाथि ठगी, अपराधिक लाभ आपराधिक तथा विश्वसघात सम्बन्धी आरोपमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबर

सिफारिस