भारत लैजाँदै गरेको १२० कार्टुन मदिरा बरामद

४ सय ६६ बोरा मलखाद पनि बरामद

दियो पोस्ट  

रौतहट । सशस्त्र प्रहरीले रौतहटको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाट करिब १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ ।

साइकल मार्फत अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको १ सय २० कार्टुन मदिरा नम्बर ११ गण रौतहटले बरामद गरेको हो । यसैगरी सोही जिल्लाको राजपुर नगरपालिका–६ कुडिया स्थित पानी ट्याङ्की नजिकबाट हिजो सशस्त्र प्रहरीले करिब ४ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको मलखाद बरामद गरेको छ ।

सोही ठाउँको स्थानीयले संचालन गरेको पसलमा अबैध रुपले भण्डारण गरी राखेको उल्लेखित मुल्यको ४ सय ६६ बोरा मलखाद बरामद गरिएको हो । बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।