
काठमाडौं । कैलालीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–३ ओमनगर शिविर बस्ने ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा विद्युतिय तरिकाले माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सुम्दरपुर बजारस्थित बिएम क्लिनिकतर्फ लैजाने क्रममा शनिबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।