
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका–२७ घर भएका ५० वर्षीय श्रीराम थापामगर समेत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई ६ बुक तास र नगद ८४ हजार ६ सय २० रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।