छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
रौतहटको गढीमाई नगरपालिका–७ धरमपुर बस्ने राजेश महतोकी छोरी १२ वर्षीया रंजिता कुमारी महतोको मृत्यु भएको हो । आफ्नै घरमा मोबाइलमा चार्ज गर्ने क्रममा करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बेलकुण्डी बस्ने ३४ वर्षीय प्रताप खुनाको करेन्ट लागेर गएराति मृत्यु भएको छ । सोही ठाउँस्थित मछली नदीको किनारमा हावाहुरीका कारण ढलेको विद्युतको पोलको तारमा छुन गई करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।