१७ वर्षीय बालकको कर्णाली नदीमा डुबेर मृत्यु

दियो पोस्ट  

काठमाडौं । कैलालीको नदीमा डुबेर एक जनाको मृत्यु छ । जिल्लाको टिकापुर नगरपालिका–५ प्रेमनगर बस्ने १७ वर्षीय अमृत चौधरीको मृत्यु भएको छ । सोही ठाउँस्थित कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।
उक्त नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीको टोलीले आफन्तहरुको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँ दौलतपुरस्थित नदीको किनारमा उनको शव फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।