रुकुमबाट आठ नाल भरुवा बन्दुक बरामद

दियो पोस्ट  

काठमाडौं । रुकुमबाट आठ नाल भरुवा बन्दुक फेला पारी प्रहरीले बरामत गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका–८ ओखर धारा भिर सामुदायिक वनबाट ८ नाल भरुवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको हो ।
उक्त वनमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)बाट खटिएको प्रहरीको टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।