छुट्टाछुट्टै ठाउँबाट लावारिस अवस्थामा ३ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट मृत अवस्थामा शव फेला परेको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–५ सिसवास्थित खेतमा भारत घर भएका ४० वर्षीय सत्ते प्रकाश तिवारी(गोठे)को शनिबार मृत अवस्थामा शव फेला परेको छ ।

यसैगरी पर्साको जगरनाथपुर गाउँपालिका–६ प्रसौनी बस्ने १५ वर्षीय निरन्जन कुमार पटेल कुर्मीको आफ्नै घरमा शनिबार मृत अवस्थामा शव फेला परेको छ ।

साथै डोल्पाको छार्का ताङ्सोङ गाउँपालिका–२ ताल भन्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका ४२ वर्षीय पुरुषको शनिबार मृत अवस्थामा शव फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।