ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

दियो पोस्ट  

काठमाडौं । ट्रकको ठक्करबाट दुघर्टना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१२ टिकौली जंगलबाट ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय सागर तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । घाइते भएका स्कुटरमा सवार १ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।