दुबई पठाइदिन्छु भन्दै लाखौँ ठगी, एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाल रहेका छन् । रिमालले १७ जनालाई वैदेशिक रोजगारका लागि दुबई पठाई कुखुरा फर्ममा मासिक ५० हजार रुैपैयाँ तलबमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ९ लाख ५० हजार रूपैयाँ रकम ठगी गरेकाले पक्राउ परेका हुन् । उनलाई उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरबाट पक्राउ गरेको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।