चितवनको छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर मृत्यु

दियो पोस्ट  

काठमाडौं । चितवनको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित प्रभात जल उपभोक्ता समितिमा कार्यरत कामदारको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके जानकी गाउँपालिका–२ घर भएका २० वर्षीय देसराज कोरी रहेका छन् ।
साथै भरतपुर महानगरपालिका–२५ शुक्रनगरस्थित विद्युतको ट्रान्समिटर परिवर्तन गर्न विद्युतको कर्मचारीलाई सहयोग गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।