काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली हरिहरगढी गाउँपालिका–३ ठेगाना भई काठमाडौं महानगरपालिका–१० बस्ने ५२ वर्षीय हेम कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटन ललितपुरको २०८० बैशाख ४ गतेको फैसलामा बैंकिङ कसूर मुद्दामा ६ लाख रूपैयाँ जरिवाना, क्षतिपूर्ति शुल्क २४ हजार रूपैयाँ राहत कोषमा जम्मा गराउनुपर्ने र २ दिन कैद सजाय ठहर गरेको थियो । अदालतको फैसला पछि फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।