लावारिस अवस्थामा एक जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । काठमाडौंमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको महानगरपालिका–१६ बालाजु चोकस्थित होण्डा सोरुमको पार्किङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुषको आइतबार मृत अवस्थामा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।